images

इलाम २ मा कांग्रेस पहिलो पोजिसनमा छ ः कावा सभापति देवान

यहीबैशाख १५ गते इलाम २ मा उपनिर्वाचनहुँदैछ । नेपालीकांग्रेस, नेकपाएमालेलगायतअन्य पार्टी र स्वतन्त्रउम्मेदवार गरी १९ जनाचुनावीप्रतिस्पर्धामा छन् । विशेषगरी कांग्रेस, एमाले, राष्ट्रिय स्वतन्त्र पार्टी र पहिचानवादीकातर्फबाट स्वतन्त्रउम्मेदवार मुख्यप्रतिस्पर्धीका रुपमा मैदानमा छन् । कांग्रेसकातर्फबाट पार्टी सभापति डम्बर खड्का उम्मेदवार छन् । यसै सिलसिलामाचुनावीअभियान, कांग्रेसको तयारी र अवस्थाकाबारेमा नेपालीकांग्रेस इलामकाकार्यवाहक सभापति खगेन्द्र देवानसँग नेपालन्यूज बैंकले कुराकानी गरेको छ ः इलाम २ मा यतिबेलाउपनिर्वाचनको माहोल छ । तपाईंहरु चुनावीअभियानकाक्रममामतदाताको घरदैलोमा पुगिरहनुभएको छ । यस क्रममामतदाताको मनोभावना र अपेक्षा के पाउनुभयो ? मनोभावनाको कुरा गर्नुहुन्छ भने ५० प्रतिशतमतदाताबोलेका छैनन् । सबै राजनीतिक दल र उम्मेदवारहरुले आ–आफ्नो रुपमाचुनावीअभियानमा गरिरहेका छन् । हामीपनि सबै पार्टी पंक्ति एकढिक्का भएर चुनावीअभियान र प्रचार प्रसार गरिरहेका छौं । विगतलामो समयहामीले पराजयव्यहोर्नुपर्दा इलामेलीजनताले विकासको पर्याप्तअनुभुत गर्न पाएनन् । तर यसपालीहाम्रो उम्मेदवार डम्बरबहादुर खड्काले सबैखाले समस्याको समाधान गर्नेगरी इतिहास रच्दै हुनुहुन्छ । मतदाताको अपेक्षा डम्बरले जितोस भन्ने नै छ । हाम्रो तयारी त्यहीअनुसार भइरहेको छ । मतदाताको मनोभावनाबुझेर अघि बढेका छौं । विगतको निर्वाचनभन्दायसपाली परिस्थिति फरक देखिन्छ । कांग्रेस–एमाले बाहेक नयाँशक्ति र उम्मेदवारहरु मैदानमा हुनुहुन्छ । तपाईंहरुलाई अफ्ठयारो परेको छैन ? नयाँशक्ति र नयाँउम्मेदवार आउने जानेक्रचलिरहन्छ । विगतमापनिनयाँउम्मेदवाहरु नभएकाहोइनन् । तर यहाँकामुख्यप्रतिस्पर्धी भनेको नेपालीकांग्रेस र एमालेबिचमै हुन्छ । यसपालीको अवस्थामा भन्नुहुन्छ भने कांग्रेस पहिलो पोजिसनमा छ । एमाले दोस्रोमा रहन्छ । अरुकाबारेमा धेरै बोल्न सक्दिन । तर सबै प्राविधिकपक्षलाई केलाउँदाकांग्रेस चारपाँचहजार मतले अगाडि छ । यस पटक हामीकम्फरटेवलअवस्थामा छौं । विशेषगरी पहिचानको मुद्दा पेचिलो बनेको देखिन्छ । पहिचानका सवालमाकांग्रेसले के जवाफदिइरहेको छ ? पहिचानको मुद्दा सम्बोधन गर्ने भनेकै कांग्रेसले हो । संविधान शंसोधन गर्ने कि कुनहिसाबले गर्ने त्यो शक्तिकांग्रेससँग प्रष्ट रुपमातपाईंले पनि देखिरहनु भएको होला । प्रदेश र संघमा कांग्रेस बलियो अवस्थामा छ । कोशीप्रदेश सरकारको नेतृत्वमाकांग्रेसका केदार कार्की आइसकेपछि तीन पटक पहिचानवादीहरुसँग वार्ता भइसकेको छ । प्रदेशनामाकरणका सवालमाकांग्रेसले पुर्नविचार गर्ने भनेर निर्णय नै गरिसकेको छ । १४जिल्ला सभापतिहरु यसमा सहमत हुनुहुन्छ । नामाकरणका सवालमा एक किसिमको सम्झौताभइसकेको छ । सोही कारणले पहिचानवादीहरु कांग्रेसलाई जिताउन मैदानमा हुनुहुन्छ । बाहिर चलिरहेको हल्लाले केही असर गर्दैन । ग्राउन्डको बस्तुस्थिति भनेको पहिचानपक्षधरहरु कांग्रेससँग हुनुहुन्छ । उहाँहरु संविधान शंसोधन गरेर मुद्दा सम्बोधन गर्न कांग्रेस बलियो शक्तिबनाउन चाहनुहुन्छ । हाम्रो दस्ताबेजले पनित्यही देखाउँछ । समय सापेक्ष कांग्रेस परिवर्तित भएर अगाडि बढ्छ र बढिरहेको छ । २०७९ को निर्वाचन जस्तो सहजअवस्थाअहिले कांग्रेसलाई छैन भनिदैछ नि त ? अहिले चाहीं सहजभएको छ । अघिल्लो निर्वाचनमा राष्ट्रिय पहिचानका रुपमा स्थापितश्रद्धेय नेता सुवासचन्द्र नेम्बाङसँग चुनाव लड्दा झिनो मतले पराजितभएकाहौं । यसपालीलगभगपाँचहजार मतदाताकांग्रेसतिर आउनुभएको छ । हामीउत्साहित छौं । एमालेका बहुसंख्यक मतदाताहामीसँग हुनुहुन्छ, पहिचानपक्षधरहरु हामीसँग हुनुहुन्छ । परिस्थितियहीहिसाबले फरक भनिएको होला । कांग्रेसको साथविना सबैखाले मुद्दालाई सम्बोधन गर्न सकिदैन भन्नेमा मतदाता प्रष्ट हुनुहुन्छ । विकासका मुद्दाहरुलाई कांग्रेसले सम्बोधन गर्न सकेन भन्ने आरोप पनि त छ नि । मतदाताले विकासको मुद्दा उठाउनु स्वभाविकहो । विकास निरन्तर चलिरहने प्रक्रियाहो ।कुनै समयइलाम सदरमुकामबाट साकफारा पुगेर आउनतीनदिनलाग्थ्यो अहिले एक दिनमाफर्किन सकिन्छ । भौतिकपूर्वाधारका क्षेत्रमाइलामले फड्को मारेको छ । तर २६ बर्षदेखि हामीले यस क्षेत्रमा पराजयव्यहोर्नु पर्यो । सम्बन्धित ठाउँमा कुरा पुर्याउन सकेनौं । तर जतिकामहरु भएका छन् तिकांग्रेसको पहलमाभएका छन् । कांग्रेसकै दृष्टिकोण र कार्यक्रमकै कारण इलाम सदरमुकामबाट तीनदिनलाग्ने बाटो एकदिनमै सदरमुकामओहोरदोहोर गर्नसक्ने अवस्था छ । इलामेलीजनताको आर्थिक अवस्थाउकास्न, कृषि, पर्यटन, शिक्षालगायतका क्षेत्रमाकांग्रेसले प्रशस्तकाम गरिरहेको छ । धेरै कामपाइलाइनमा छन् । सुकुम्बासी, गरिब, पिछडिएका वर्गको मुद्दा कांग्रेसले बोकेको छ ।  चुनावीमैदानमा रहेका सबै उम्मेदवारहरुले किरात धर्म गुरु आत्मनन्द लिङ्देनको आशीर्वादको अपेक्षा गरेका छन् । यसमाकांग्रेसको धारणा केहो ? किरात धर्मगुरुलाई यस्तो विवादमाल्याउनै मिल्दैन । राजनीतिमा मुछ्न मिल्दैन । धर्म गुरु कुनै सिमित समूदायको होइन, हामी सबैको गुरु हो । उहाँलाई यो चुनावीअंक गणितमा नजोडौं । राजनीतिकै कुरा गर्नेहो भने त २०५० सालमातत्कालीनप्रधानमन्त्रीएवमकांग्रेस सभापतिगिरिजाप्रसाद कोइरालाले पहिलो पटक गुरुलाई भेटेको र आशीर्वाद लिनेक्रम शुरु गर्नुभएको हो । त्यसपछि मुलुकका प्रतिष्ठित व्यक्तिहरुले गुरुसँग भेट्ने र आशीर्वाद लिनेक्रमलाई निरन्तरतादिनुभएको हो । यसो भनिरहँदा गुरु कांग्रेस निकट हुनुहुन्छ भनेर भन्न मिल्छ र ? गुरु त सबै बर्ग, समूदाय, लिंग, भाषभाषीहो नि । चुनावीअंक गणितसँग जोडेर गुरुलाई विवादल्याउनु हुँदैन भन्नेमा कांग्रेस प्रष्ट छ । 
 

सोमबार १० बैशाख २०८१ ०८:०८ PM मा प्रकाशित

प्रतिक्रिया