आजको मौसम : देशभर आंशिकदेखि सामान्य बदली, यी स्थानमा हुनेछ भारी बर्षा !

 काठमाडौँ - आज देशभर आंशिकदेखि सामान्य बदली रहनेछ ।  

मौसम पूर्वानुमान महाशाखाका अनुसार बागमती, गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशका पहाडी भूभागका केही स्थानहरूमा र बाँकी भूभागका थोरै स्थानहरूमा मेघ गर्जनरचट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ ।

शुक्रबार राति देशभर आंशिकदेखि सामान्य बदली  रहनेछ । बागमती, गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशका केही स्थानहरू तथा बाँकी भूभाग  एक दुई स्थानमा मेघ गर्जनरचट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ ।