हिसान शैक्षिक मेला खुल्ला गर्न उच्च अदालत पाटनको आदेश

 काठमाण्डौँ - उच्च अदालत, पाटनले हिसान शैक्षिक मेला नरोक्न अन्तरिम आदेश दिएको छ ।

काठमाडौं महानगरपालिकाले मेला बन्द गराएपछि उच्च माध्यमिक विद्यालय एशोसिएसन हिसान त्यसविरुद्ध अदालत गएको थियो ।

न्यायाधीश टेकप्रसाद ढुंगाना र रमेश ढकालको इजलासले हिसानको पक्षमा अन्तरिम आदेश दिएको उच्च अदालत पाटनकी प्रवक्ता मन्दिरा शाहीले जानकारी दिइन् । 

३२ जेठदेखि भृकुटीमण्डपमा सुरु भएको शैक्षिक मेलामा ७५ वटा शैक्षिक संस्थाले स्टल राखेका थिए । तर काठमाडौं महानगर प्रहरीले स्वीकृति विपरीत मेला सञ्चालन गरेको भन्दै पहिलो दिन नै बन्द गराएको थियो ।