नेपालमा थप ४ जना कोरोना संक्रमण, सक्रिय संक्रमित कति ? 

काठमाडौँ - थप ४ जना कोरोना संक्रमित थपिएका छन् ।

पछिल्लो २४ घण्टामा देशभरबाट ७६८ जनाको नमूना परीक्षण गर्दा ४ जनामा संक्रमण पुष्टि भएको हो ।

त्यस्तै, आइतबार १२ जना कोरोनाको संक्रमणबाट मुक्त भएका छन् । हाल देशभर सक्रिय संक्रमितको संख्या ७० रहेको छ ।