BREAKING: बझाङको सुर्मामा हिमपहिरो, ५ जना बेपत्ता, एक जनाको मृत्यु 

काठमाण्डौँ - बझाङको हिमपहिरोमा परी ५ जना बेपत्ता भएको खबर प्राप्त भएको छ । जिल्लाको सुर्मा गाउँपालिका वडा नम्बर २ को धनशेरामा हिमपहिरोमा परेर पाँच जना बेपत्ता भएका हुन् ।

बझाङका प्रमुख जिल्ला अधिकारी नारायण पाण्डेयका अनुसार हिमपहिरोमा परेर १ जनाको मृत्यु भएको प्रारम्भिक जानकारी आएको छ । अन्य २ जना बेपत्ता भएको र २ जना पुरिएको उनले जानकारी दिए । उनका अनुसार प्रारम्भिक जानकारीको पुष्टि गर्ने काम भइरहेको छ ।