मदन राईलाई थप ८ दिन हिरासतमा राख्न अदालतको अनुमति

काठमाडौँ - खोटाङमा रहेको शुभद्रा मदन शुभम फाउन्डेसनका संस्थापक मदन राईलाई थप ८ दिन हिरासतमा राखेर अनुसन्धान गर्न जिल्ला अदालत खोटाङले अनुमति दिएको छ ।

शुभम फाउन्डेसनमा बसेर अध्ययन गर्ने बालिकालाई यौन दुव्र्यवहार गरेको आरोपमा गत वैशाख २९ गते पक्राउ परेका राईमाथि थप अनुसन्धान गर्न आज अदालतले ८ दिनको समय थप गरेको हो ।