विषालु सर्पको डसाइबाट सिराहामा बालकको मृत्यु

सिराहा - विषालु सर्पले डस्दा सिराहामा एक बालकको मृत्यु भएको छ । गोलबजार नगरपालिका–८ का श्याम साहका ४ वर्षीय छोरा अविनास साहको सर्पले डसेर मृत्यु भएको हो ।

सर्पको टोकाइबाट सिकिस्त बालकलाई उपचारका लागि फूलकुमारी अस्पताल, कन्जरवामा लगिएको र उपचारको क्रममा उनको त्यही मृत्यु भएको हो ।