वैशाख १० गते मनकामना केबलकार बन्द रहने

 काठमाडों -  वैशाख १० गते मनकामना केबलकारको सेवा बन्द रहने भएको छ । चितवन क्षेत्र नं २ मा हुन लागेको प्रतिनिधिसभा सदस्य उपनिर्वाचनमा उक्त जिल्लाको कुरिनटारबाट गोरखा जिल्लाको प्रशिद्ध शक्तिपिठ मनकामना जाने केबलकार मतदानको दिन सञ्चालन हुदाँ भिड बढ्ने र सुरक्षा संवेदनशिल बढ्रने हुदाँ उक्त दिन मनकामना केबलकार बन्द रहने मनकामना दर्शन प्रालिले जनाएको छ ।