images

डढेलो गाउँमा सल्किँदा गुल्मी, अर्घाखाँची र नवलपरासीमा ६० भन्दा धेरै घरगोठ जले

काठमाडौं । वनमा लागेको डढेलो गाउँमा सल्किँदा गुल्मी, अर्घाखाँची र नवलपरासीमा आगलागीले आतंक मच्चाएको छ । आगलागीबाट ७० भन्दा धेरै घरगोठ जलेर नष्ट भएका छन् भने अहिले पनि डढेलो पूर्णरुपमा नियन्त्रणमा आइसकेको छैन । गुल्मीको इश्मा गाउँपालिकामा आगलागीबाट ४० वटा घरगोठ थलेका छन् । वडा नं. २ र ४ मा आगलागीले ठूलो क्षति गरेको छ । आगलागीले करिब ४० घरमा क्षति पु¥याएको र आगो निभाउनेक्रममा दुई जना घाइते भएपछि उनीहरुको उपचार भइरहेको डिएसपी शंकर पोखरेलले जानकारी दिए । उनका अनुसार बस्तीमा डढेलो पसेपछि गाउँ नै सखाप पारेको हो । डढेलो भने आइतबार विहानसम्म पनि पूर्णरुपमा नियन्त्रणमा आइसकेको छैन । 
त्यस्तै, अर्घाखाँचीको भूमिकास्थान नगरपालिका–३ र ४ धारापानीमा पनि आगलागीले ठूलो क्षति गरेको छ । रातामाटा, जाबुनडाँडा, बाजाखर्च लगायतका गाउँमा गरी करिब २० घरगोठ जलेर नष्ट भएका जिल्ला प्रहरी कार्यालयले जनाएको छ । रातिसम्म आगलागी भएका कारण क्षतिको पूर्ण विवरण आइसकेको छैन । उता नवलपरासीका विभिन्न १२ स्थानमा आगलागीले क्षति गरेको छ । त्यस्तै नवलपरासीको विभिन्न १२ ठाउँमा आगलागीको घटना भएको छ । हिजो रामग्राम नगरपालिका, पाल्हिनन्दन गाउँपालिका, सरावल गाउँपालिकामा आगोले क्षति गरेको हो । पाल्हिनन्दनमा शुक्रबार मात्रै १४ परिवारको घरगोठ जलेको थियो । त्यही ठाउँमा शनिबार पनि आगलागी भएको छ । 
 

आइतबार​ ९ बैशाख २०८१ ०८:१६ AM मा प्रकाशित

प्रतिक्रिया