images

घट्न थाल्यो काठमाडौंको तापक्रम, बढ्न थाल्यो चिसो

काठमाडौं । काठमाडौं उपत्यकाको तापक्रम घटेसँगै चिसो बढेको छ । दिनदिनै तापक्रम घटेसँगै उपत्यकामा चिसो बढेको हो । आज बिहान काठमाडौं उपत्यकाको न्यूनतम तापक्रम ९।२ डिग्री सेल्सियस मापन भएको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । यसअघि मंगलबार बिहान काठमाडौंको तापक्रम ९।९ डिग्री सेल्सियस थियो । काठमाडौं मात्रै नभैइ  देशभरकै तापक्रम घटिरहेको छ । हिउँदयाम नजिकिँदै गरेकाले तापक्रम घटेर देशभर चिसो बढ्दै गएको हो ।

बुधबार ५ मंसिर २०८१ ०८:५२ AM मा प्रकाशित

प्रतिक्रिया