images

संघीय संसद अन्तर्गत तीनवटा समितिको बैठक बस्दै

काठमाडौं । संघीय संसद अन्तर्गत तीनवटा समितिको बैठक आज बस्दैछ । आज अर्थ समिति, विधायन व्यवस्थापन समिति र संघीयता सबलीकरण तथा राष्ट्रिय सरोकार समितिको बैठक बस्न लागेको हो । अर्थ समितिको बैठक संघीय संसद सचिवालय सिंहदरबारमा बिहान ११ बजे बस्नेछ । बैठकमा समितिमा प्राप्त विधेयकहरू माथिको कारबाहीका लागि प्राथमिकता र कार्ययोजना सम्बन्धमा अर्थमन्त्रीसहितको उपस्थितिमा छलफल हुनेछ । यस्तै, मुलुकको समग्र आर्थिक प्रणालीमा राजस्व सङ्कलनको अवस्था र भन्सार कार्यालयहरूले ब्यहोर्नु परेका नीतिगत एवं व्यवहारिक समस्या र समाधानका उपाय सम्बन्धमा छलफल गर्ने कार्यसूची रहेको छ । यस्तै, विधायन व्यवस्थापन समितिको बैठकमा नवीकरणीय ऊर्जा तथा ऊर्जा दक्षता सम्बन्धी विधेयक– २०८१ मा दफावार छलफल हुनेछ । बैठक बिहान ११ बजे सिंहदरबारमा बस्ने तय भएको छ । यसैगरी, संघीयता सबलीकरण तथा राष्ट्रिय सरोकार समितिको बैठक बिहान साढे ११ बजे सिंहदरबारमा बस्नेछ । बैठकमा स्थलगत अनुगमनको प्रतिवेदनको मस्यौदाउपर छलफल गर्ने कार्यसूची रहेको छ ।
 

बुधबार ५ मंसिर २०८१ ०८:४५ AM मा प्रकाशित

प्रतिक्रिया