जापान किड्स फेसन विक जेकेएफडब्लुमा सिजेन अधिकारी प्रतिस्पर्धा गर्दै  

ओसाका, जापान । नेपाली नागरिक जापानको सबैभन्दा ठूलो बालबालिकाको फेसन शो जेकेएफडब्लुमा  सिजेन अधिकारी प्रतिस्पर्धा गर्दै छिन्। जापानको गिफु केनमा बस्ने  अधिकारी यस बर्षको  किड्स फेसन विक (जेकेएफडब्लु )मा प्रतिस्प्रद्धा गर्ने भएकी छिन् ।

फेसन र मोडलिङमा रुचि राख्ने सिजेनले आफ्नो सपना पूरा गर्न सो प्रतिस्प्रद्धाको लागि छनौट भएकी हुन् । यो उनको लागि मात्र नभई नेपाल र नेपाली समुदायका लागि पनि गर्वको कुरा भएको एनआरएनए जापान, क्षेत्रीय समिति नागोयाका सचिव प्रतिक कार्कीले बताए।

जेकेएफडब्लुमा सहभागिता जनाउन सिजनलाई तपाईंहरूको सहयोग आवश्यक छ । हामी सबै मिलेर सिजेनलाई भोट गरेर  विजयी बनाउन एनआरएनए नागोयाका संयोजक भेष नाथ गौतमले अनुरोध गरे।

उनका अनुसार भोट गर्न : https://www.jkfw2024.com/index/user/register.html  link लाई कपि गरेर chrome  बाट खोल्नुहोस  र English  मा Translate  गर्नुहोस र आफ्नो इमेल र युजर नेम प्रयोग गरि रजिस्टर गर्न पर्ने हुन्छ । त्यसपछि निम्न अनुसार भोट गर्न सकिने बनाइएको छ।

1. भोटिंग पृष्ठमा जानुहोस्: Login मा जानुहोस र आफ्नो gmail username र password राख्नुहोस     Register गरिसके पछी फेरी ईमेल र पासवर्ड प्रगोय गरि Log In गरि गर्नुहोस् ।   २१ नम्बर को प्रतिभा खोज्नुहोस र vote  गर्नुहोस   Vote 2024 अगस्ट 8 तारीख सम्म मात्र रहेको हुदा सम्पूर्ण जापान बासी नेपालीहरुमा Vote को लागी सिजेनकी आमा अन्जना अधिकारीले सबैमा अनुरोध गरेकी छिन्।vote गर्न कुनै पैसा नलाग्ने र प्रत्येक दिन १ vote गर्न पाइने छ ।तपाईंको भोटले उनीहरूको आत्मविश्वास बढाउने मात्र होइन, मलाई अघि बढि नेपाल र नेपाली चिनाउन अझैं हौसला प्रदान गर्न समय निकालेर भोट गर्न उनले सबैमा अनुरोध गरेकी छिन्।