बाढीपहिरोबाट मृतकका परिवारलाई एक लाख र घाइतेको उपचारमा ५० हजार दिने निर्णय

 विराटनगर - कोशी प्रदेश सरकारको मन्त्रिपरिषद् बैठकले बाढीपहिरोबाट मृत्यु भ​एकाहरूका परिवारलाई प्रतिव्यक्ति एक लाख रुपैयाँका दरले राहत प्रदान गर्ने निर्णय गरेको छ ।

सोमबार साँझ बसेको मन्त्रिपरिषद् बैठकले कोशीका पहाडी जिल्लामा आएको बाढीपहिरोबाट ​मृतकका परिवारलाई प्रतिव्यक्ति एक लाख रुपैयाँ दिने र घाइतेको उपचारका लागि प्रतिव्यक्ति ५० हजार रुपैयाँ उपलब्ध गराउने निर्णय गरेको प्रदेश सरकारका प्रवक्ता एवं उद्योग, कृषि तथा सहकारीमन्त्री भक्तिप्रसाद सिटौलाले जानकारी दिए ।