बाढी पहिरोमा परेर हराइरहेका २७ जना अझै भेटिएनन् 

काठमाण्डौँ [ पूर्वी पहाडी जिल्लामा बाढी पहिरोमा परेर हराइरहेका २७ जना अझै भेटिएका छैनन् । बाढी पहिरोमा परेर सङ्खुवासभामा २१ जना तथा ताप्लेजुङ र पाँचथरमा तीनरतीन जना बेपत्ता भएका छन् । उनीहरूको खोजी भइरहे पनि अवस्था पत्ता लागेको छैन । लगातार पानी परिरहेकाले खोजीमा कठिनाइ भइरहेको प्रदेश प्रहरी कार्यालय विराटनगरले जनाएको छ ।

गएको शनिवार र आइतवार आएको बाढी पहिरोमा परेर अहिलेसम्म आठ जनाको ज्यान गएको पुष्टि भएको छ । ताप्लेजुङ र पाँचथरमा तीनरतीन जना तथा भोजपुर र सङ्खुवासभामा एकरएक जनाको ज्यान गएको पुष्टि भएको प्रहरीले जनाएको छ । यस्तै छ जना घाइते भएका छन् ।