पश्चिम नवलपरासीमा चट्याङ लागेर एकको मृत्यु

काठमाण्डौँ - पश्चिम नवलपरासीको रामग्राम नगरपालिका १० नदवामा चट्याङ लागेर एक जनाको मृत्यु भएको छ । खेतमा काम गरिरहेका ४० वर्षीय विनोद कहांरको चट्याङ लागी मृत्यु भएको हो । 

चट्याङ लागी घाइते भएका कहांरको उपचारका लागि रुपन्देहीको भैरहवा सिटी अस्पतालमा लगिए पनि चिकित्सकले मृत घोषणा गरेको जिल्ला प्रहरी कार्यालय पश्चिम नवलपरासीका सूचना अधिकारी भोजराज पाण्डेले बताए ।