११ बुँदे सहमतिपछि सांसद सञ्जय गौतमले तोडे अनशन

काठमाडौँ - बर्दियाका–१ बाट निर्वाचित प्रतिनिधिसभा सदस्य सञ्जयकुमार गौतमले आठौं दिनमा आमरण अनशन तोडेका छन् ।

बारबर्दिया र गुलरिया जोड्ने जब्दीघाट पुलमुनि अनशन बसेका कांग्रेस केन्द्रीय सदस्य गौतमले भौतिक पूर्वाधार तथा यातायातमन्त्री प्रकाश ज्वालासँग ११ बुँदे सहमति भएपछि अनशन तोडेका हुन् ।