चितवनमा गैँडाको आक्रमणबाट एक जनाको मृत्यु   

चितवन - गैँडाको आक्रमणबाट पश्चिम चितवनमा एक जनाको मृत्यु भएको छ भने अर्का एक घाइते भएका छन् । मृत्यु हुनेमा भरतपुर महानगरपालिका–१७ नारायणचोकका ६० वर्षीय झलकराज पौडेल रहेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।

पौडेललाई आफ्नै घर पछाडि काम गरिरहेको अवस्थामा शनिबार बिहान ११ बजे गैँडाले आक्रमण गरेको हो । गैँडाको आक्रमणबाट गम्भीर घाइते पौडेलको उपचारका क्रममा भरतपुर अस्पतालमा ११स्४५ बजे मृत्यु भएको हो ।