सिन्धुली - एकीकृत समाजवादीका अध्यक्ष एवं पूर्वप्रधानमन्त्री माधवकुमार नेपालले आफूहरूले चाहेमा सरकार तुरुन्तै ढाल्नसक्ने चेतावनी दिएका छन् । अध्यक्ष नेपालले संसद्मा सिट संख्या कम भनेर आफूहरूलाई कम नआक्न पनि चेतावनी दिएका छन् ।
शनिबार सिन्धुलीमाडीमा एकीकृत समाजवादी सिन्धुलीको सातौं जिल्ला अधिवेशनको उद्घाटन गर्दै अध्यक्ष नेपालले प्रतिनिधिसभा र राष्ट्रिय सभामा आफ्नो सिट संख्या जोड्दा चौथो शक्ति रहेको जिकिर गर्दै आफ्नो पार्टीलाई नहेप्न उनले सत्ता गठबन्धनलाई चेतावनी दिएका छन् ।