क्यान्सर पिडित सिर्जनाका लागि आर्थिक सहयोग संकलन 

ओसाका जापान । लामो समय देखी क्यान्सर जस्तो जटील रोगको उपचार गराउँदै आईरहेकी सृजना खड्का कार्कीको उपचारमा आर्थिक सहयोग संकलन सुरु गरिएको छ । विश्वकै निकै महंगो उपचार गराउँदै रहेकी नेपाली चेली सिर्जना खड्का कार्कीको उपचारमा आर्थिक सहयोग संकलन गरिएको हो। जापानमा रहेका विभिन्न नेपाली समाज, संघ संस्था तथा व्यक्तीहरुबाट उपचारका लागि आर्थिक सहयोग संकलन गरिदै आएको छ । यसैक्रममा ओसाकाका समाजसेवी तथा व्यवसायी रमेश कडेलले करिब एकलाख बैसठ्ठी हजार बराबरको सहयोग गर्नू भएको छ, भने नेपाल कल्याण समाज जापानको संस्थागत पहलमा ४ लाख ६० हजार ८ सय ४४ येन संकलन गरि उपलब्ध गराएको छ त्यसै गरी श्याम गिरीको संयोजकत्वमा एभरेष्ट युथ क्लब ओसाका जापानले  करिब २ लाख चौरासी हजार जापानीयन तथा एनआरएनए कान्साईले २ लाख ३८ हजार ३५७ जापानी यन संकलन गरि हस्तातरण समेत गरेको छ । 

नेपालको दोलखा जिल्ला तामाकोशी गाउँपालिका वडा नं, २ झुले घर भई हाल ओसाकामा बस्दै आइरहेकी सृजना खड्का कार्कीलाई सन् २०२१ को मार्चमा बिरामी भई जाँच गराउदा प्यान्क्रियाटिक, अनाशयीको न्युरोईन्डोक्राइन क्यान्सर (Pancreatic Neuro Endocrine Cancer) भएको र उपाचारार्थ जापान इन्स्युरेन्स कभर नहुने हुदा एक डोजको लागि ३० लाख येन लाग्ने तथा जम्मा चार डोजमा उपचार गर्नु पर्ने भएकोले कुल १ करोड २० लाख येन लाग्ने स्वयम् सृजना खड्का कार्कीले जानकारी गराउनु भएको छ।

सिर्जनाको उपचारका लागि पछिल्लो १ महिनायात जापान लगायतका विश्वभरका नेपाली समुदायहरुले सहयोगी हातहरु अघि बढाईरहेका छन् । यद्यपी अत्यन्तै ठूलो रकम आवश्यक भएकाले हालसम्म प्राप्त सहयोग रकम उपचारका लागि पर्याप्त नभएको सिर्जनाले बताएकी छिन् । तपाई पनि यदि सिर्जना खड्का कार्कीको उपचारमा आफुले सकेको सहयोग गर्न चाहनुहुन्छ भने निम्नलिखित माध्यमहरु प्रयोग गरि सहयोग गर्न सक्नुहुनेछ।

Pay Pay link : https://qr.paypay.ne.jp/p2p01_wGNGrsajUoYESm1B

gogetfunding link : https://gogetfunding.com/fundraiser-for-srijana-to-fight-against-pancreatic-tumor-cancer/Japan Ka Nepali