images

समयमै कांग्रेस महाधिवेशन हुनेमा डा।कोइराला सशंकित

काठमाडौं । नेपाली कांग्रेसका नेता डा।शेखर कोइरालाले कांग्रेस महानगर समितिका सभापतिहरुसँग काठमाडौमा भेटघाट र छलफल गरेका छन् ।
कोइरालाले भेटघाटमा पार्टी नेतृत्व र पदाधिकारीहरुको कार्यशैली हेर्दा तोकिएको समयमा १५ औं महाधिवेशन हुनेमा शंका उत्पन्न भएको बताए ।
तोकिएको समयमा महाधिवेशन नभए पार्टी धरासयी हुने र त्यसको असर आगामी निर्वाचनहरुमा पर्ने भएकाले त्यसका लागि चनाखो हुन कोइरालाले आग्रह गरे ।
महानगरका सभापतिहरुले आफुहरुको पार्टी मर्यादाक्रम नमिलेको र बिधानले कुनै अधिकार नदिएको गुनासो राखेका थिए ।
भेटघाटमा महानगर सभापतिहरु निलकाजी शाक्य९काठमाडौ०, सुवानन्द धाख्वा९ललितपुर०, चित्रसेन अधिकारी ९भरतपुर० दिपक चापागाईं९बिराटनगर० र मनिन्द्र नेपाली९वीरगन्ज० सहभागी थिए । 
 

शुक्रबार​ ४ साउन २०८१ ०५:३१ PM मा प्रकाशित

प्रतिक्रिया