मिटरब्याजीको सम्पत्ति शुद्धीकरण गरी छानबिन गर्नुपर्ने माग

 भैरहवा - मिटरब्याजीको सम्पत्ति शुद्धीकरण गरी छानबिन गर्नुपर्ने पीडितहरूले आयोगसँग माग गरेका छन् । मिटरब्याजीबाट पीडितहरूको समस्या बुझ्दै सुझाव संकलनमा रूपन्देही आएको आयोगका पदाधिकारीहरूलाई पीडितले आफूहरूको मजबुरीको फाइदा साहुहरुले उठाउँदै अनधिकृत रुपमा सम्पत्ति जोड्दै गएकोले छानबिन गर्नुपर्ने माग गरेका हुन्छ । 

नेपाल सरकारले गठन गरेको मिटरब्याजी अनैतिक लेनदेन छानबिन आयोगका अध्यक्ष गौरीबहादुर कार्की नेतृत्वमा सदस्यहरू गणेशबाबु  अर्याल र उत्तमराज सुवेदीसहितको टोलीले मिटरब्याज समस्या समाधान तथा आगामी रणनीतिबारे सरोकारवालाहरूसँग छलफल गरेको छ । मिटरब्याजका प्रकृति र सो समाधान कसरी गर्नेबारे विभिन्न जिल्लामा पुगेर रायसुझाव सङ्कलन गर्ने क्रममा सो टोली बिहीबार भैरहवा आएको हो ।