दाङमा दुई बस एकआपसमा ठोक्किदाँ एकजनाको मृत्यु, २९ जना घाइते

 दाङ - दाङमा दुई बस एकआपसमा ठोक्किदाँ एकजनाको मृत्यु भएको छ भने २९ जना घाइते भएका छन् ।

आज बिहान पुर्वपश्चिम राजमार्ग अन्तर्गत लमही नगरपालिका ३ फल्कापुरमा दुई बस ठोक्किएका हुन् ।

लमहीबाट भलुबाङ तर्फ जाँदै गरेको लु२ख ७८५ नम्बरको बस र वीरगञ्जबाट तुलसीपुर आउँदै गरेको ना५ख४८९८ नम्बरको बस ठोक्किदाँ रोल्पा रुन्टिगढीकी २४ वर्षीया शोभा परियारको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय दाङका डिएसपी राजनकुमार गौतमले जानकारी दिए ।

उनका अनुसार परियार वीरगञ्जबाट तुलसीपुर आउँदै गरेको बसमा सवार थिइन् ।