नझुक्किनुस् आज देखिँदैन चन्द्रमा !

काठमाण्डौँ - आज अर्थात् १९ मे २०२३ शुक्रबारको दिन आकाशमा सधैजस्तो चन्द्रमा देखिनेछैन । रातको समयमा आकाश खुल्यो भनेपनि चम्किलो चन्द्रमा देखिनेछैन । आकाशमा दुर्लभ कालो चन्द्रमा हुनेछ ।

हुनत कालो चन्द्रमा नामाकरणको कुनै वैज्ञानिक अर्थ छैन र यो नामसँग खगोल विज्ञानको कुनै सम्बन्ध पनि छैन । यसपटक आकाशमा देखापर्ने यस्तो चन्द्रमालाई आमरुपमा मौसमी कालो चन्द्रमा भनिन्छ ।

यो सिजनको चार नयाँ चन्द्रमामध्ये यो तेश्रो नयाँ चन्द्रमाको रुपमा रहेको छ । हरेक ३३ महिनामा यस्तो परिघटना हुने बताइन्छ ।

पृथ्वीको खगोलीय ऋतु हरेक सोल्सटिसमा सुरु भएर सम्पातमा सकिन्छ । अहिले उत्तरी गोलार्धमा वसन्त ऋतुको समय हो भने दक्षिणी गोलार्धमा हेमन्त ऋतु हो । यसको सुरुवात भर्नल इक्विनक्स अर्थात् सम्पातसँगै गत मार्च २० बाट भएको हो । सोही दिन नयाँ चन्द्रमा निस्किएको हो ।

नयाँ चन्द्रमा हरेक २९।५ दिनमा निस्किन्छ अर्थात् उक्त अवधिमा चन्द्रमाले पृथ्वीको एकपटक परिक्रमा गर्दछ । गर्मीयाममा पर्ने सोल्सटिस अर्थात् जुन २१ आउन अझै धेरै समय बाँकी छ ।