images

कार्यादेश बनाउने बैठक निष्कर्षविहीन

काठमाडौं । सहकारीको रकमअपचलनप्रकरणमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापतितथाउपप्रधानमन्त्री रवि लामिछानेमाथि छानबिन गर्न बन्ने संसदीय समितिको कार्यादेश बनाउन गठितकार्यदलको बैठक आइतबार निष्कर्षविनै टुंगिएको छ । 
सत्तापक्ष र प्रमुखप्रतिपक्ष नेपालीकांग्रेस आ–आफ्ना अडानमा कायम रहँदाकार्यदलमा सहमतिहुननसकेकोएमालेका प्रमुख सचेतक महेश बर्तौलाले बताए । 
त्यस्तै, कार्यदल सदस्य रास्वपा नेताशिशिर खनालले एक व्यक्तिलाई दोषी करार गरेर समितिबन्ननहुने अडानमा आफूहरु रहेको बताए । 
उनले भने, ‘मिलाएर जाउँभन्ने प्रयासमा छौं । एकहदसम्म पुरानै कुरामा छौं । एउटा व्यक्तिलाई दोषी करार गरेर त्यसमा केन्द्रितहुनुहुँदैन ।  उहाँहरू (कांग्रेस) ले ल्याउनुभएको भाषामा दोषी करार गरेको देखिन्छ । टीओआर बनाउँदाफलानो दोषीहो भन्ने विषयमाअसहमति छ ।’ 
कार्यदलमा सहमतिनजिकपुगेको भएपनिनिष्कर्षमा नपुगेको बताएकाउनले प्रतिनिधि सभाको बैठकपछि फेरि बस्ने जानकारी दिए। 
कार्यदलमा सहमति नजुटेपछि सांसदहरु प्रतिनिधि सभाको बैठकमा सहभागीहुननयाँबानेश्वरतर्फ हिँडेका छन् । 

आइतबार​ ५ जेठ २०८१ ०५:५० PM मा प्रकाशित

प्रतिक्रिया