सरकारको निति तथा कार्यक्रम : न्यून आय भएकालाई लघुबीमा गर्न सरकारले सहजीकरण गर्ने  

 काठमाडौँ - सरकारले न्यून आय भएका वर्ग र समुदायलाई लघुबीमाको दायरामा ल्याउन घोषणा गरेको छ ।

संघीय संसदको संयुक्त बैठकमा सरकारको आगामी आर्थिक वर्ष २०८०र८१ को नीति तथा कार्याक्रम प्रस्तुत गर्दै राष्ट्रपति रामचन्द्र पौडेलले न्यून आय भएको  वर्ग र समुदायलाई स्थानीय तहमार्फत लघुबीमा गर्न सहजीकरण गर्ने बताए ।