images

हिमालयन हाइड्रो एक्स्पोको तयारी पूरा, १२ देश सहभागीहुने पक्का

काठमाडौं । स्वतन्त्रऊर्जा उत्पादकहरुको संस्था(इप्पान) र एक्स्पो एण्ड इभेन्ट म्यानेजमेन्ट सर्भिसेज प्रालिको संयुक्तआयोजनामाहुने ‘हिमालयन हाइड्रो एक्स्पो २०२४’को तयारी पुरा भएको छ । 
आगामीवैशाख १२, १३ र १४ गते अर्थात अप्रिल २४, २५ र २६ मा हुने चौथो संस्करणको ‘हिमालयन हाइड्रो एक्स्पो २०२४’आयोजनाहुनलागेको छ । 
वैशाख १२ गते विहान ६ः३० बजे विद्युतीय सवारी (इभी) रÞ्यालीगर्दै एक्स्पोको सुरुवातहुनेछ भने वैशाख १३ गते राष्ट्रपति रामचन्द्र पौडेलबाट एक्स्पोको उदघाटन गर्ने कार्यतालिकारहेकोइप्पानले जनाएको छ । 
विद्युतको आन्तरिक खपत वृद्धिगर्न र वातावरणमैत्री सवारीसाधनप्रयोगबारे जनचेतनाअभिवृद्धि गर्ने उद्देश्यसहितआयोजना गरिएको इभी रÞ्याली स्काई वाक टावर कमलादीबाट सुरु भई विद्युतप्राधिकरण, सिंहदरबार, कोटेश्वर, ग्वार्को, जावलाखेल, थापाथली, शितलनिवास, बालुवाटरलगायतकामुख्यमुख्य स्थानहरुहुँदै करिब २६ किलोमिटरको यात्रातयगरी एक्स्पो आयोजना स्थल भृकुटीमण्डपमा समापनहुनेछ। 
रÞ्यालीमा विद्युतबाट चल्ने दुई पांग्रे, तीनपाँग्रे, चार पाँग्रे र छ, पाँग्रे इभीहरुलाई निःशुल्करुपमा सहभागी गराइने छ ।
एक्स्पोको पहिलो दिनउच्चस्तरीय विजनेश मिटिङहरु पनिआयोजना गरिएको छ। जसमाभारतका प्रतिष्ठित अडानी ग्रुप, पीटीसी, लगायतकाकम्पनीकाप्रतिनिधिहरुसँग बिजनेश मिटिङ हुनेछन् । एक्स्पोमा अहिलेसम्म १२ भन्दा बढी देशकासयभन्दा धेरै स्टलहरुको बुकिङ सम्पन्नभइसकेको छ ।
ऊर्जा, जलस्रोत तथासिचाई मन्त्रालय र लगानीबोर्ड नेपालको संरक्षकत्वमाआयोजनाहुने हाइड्रो एक्स्पोको कन्ट्री पार्टनरमा भारतीय राजदूतावास रहेको छ । 
नेपाल सरकारले भारतमा १० वर्षमा १० हजार मेगावाट विद्युत दीर्घकालीन रुपमानिर्यात गर्ने सम्झौताभइसकेको तथाआगामी सन् २०३५ भित्रबंगलादेशमा समेत गरी १५ हजार मेगावाट विद्युतनिर्यात गर्ने उद्देश्यसहितको २८ हजार ५ सय मेगावाट विद्युतउत्पादन गर्ने सन्दर्भमा यो एक्स्पो ऊर्जा क्षेत्रको समग्र विकासकालागि महत्वपूर्ण हुने अपेक्षागरिएको छ ।
एक्स्पोमा ऊर्जा विकाससँग सरोकार राख्ने सरकारी तथा गैरकारी निकाय, विश्वविद्यालय÷कलेज, स्वदेशीतथाविदेशीलगानीकर्ता कम्पनी, दात्तू निकाय, कुटनीतिज्ञ नियोगहरु, मित्र राष्ट्रहरु, राष्ट्रिय तथाअन्तराष्ट्रिय परामर्शदाताकम्पनी, निर्माण व्यवसायीकम्पनी, बैंक तथावित्तिय संस्था, बीमाकम्पनीलगायतका सबै सरोकारवालानिकायकाप्रतिनिधि, प्रबुद्ध व्यक्तित्व, विज्ञ, विशेषज्ञ लगायतलाई एकै थलोमा उपस्थित गराएर ऊर्जा समृद्धिका विभिन्नआयामहरुबारे नीतिगतबहसका साथै नयाँनयाँप्रविधि र उपकरणहरुको प्रर्दशनी गर्न झण्डै एक दर्जनभन्दा बढी देशहरुको सहभागितारहने छ । 
एक्स्पोमा दिगो, समावेशी, हरित, पहुँचयोग्य र प्रतिफलयुक्तऊर्जा विकासकाविविधआयामसँगै ऊर्जासँग सम्बन्धित स्वदेशी र विदेशीलगानी, पुँजी संकलन र व्यवस्थापन, जनताको सहभागिता, आन्तरिक खपत र विद्युतव्यापार, समृद्धि र सामाजिकविकास, नीति र राजनीतिको प्राथमिकतालगायतकाविषयमा सातवटा प्राविधिक सत्र तथाअन्तरक्रियाकार्यक्रमआयोजना गरिनेछ । 
हाइड्रो पावरको विकास र विस्तारमा सहयोग पुग्नेगरी हाइड्रो पावर सम्बन्धी वस्तु तथा सेवाको नयाँअवधारणाबारे विद्यार्थी एवं व्यक्तिगततवरवाट आविष्कार गरेका वस्तु तथा सेवाको प्रतिष्पर्धा एक्स्पोको आकर्षण बन्नेछन् ।

शुक्रबार​ ७ बैशाख २०८१ ०४:५९ PM मा प्रकाशित

प्रतिक्रिया