महोत्तरीमा बस र मोटरसाइकल ठोकिँदा एकै परिवारका ३ जनाको मृत्यु

काठमाडौँ - महोत्तरीमा बुधबार दिउँसो बस र मोटरसाइकल ठोकिँदा एकै परिवारका तीन जनाको मृत्यु भएको छ । 

गौशालाबाट बर्दिवास जाँदै गरेको बा ३ ख २३९६ नम्बरको यात्रुवाहक बस र विपरीत दिशाबाट आउँदै गरेको मधेश प्रदेश ०१–००४ प ६८१९ नम्बरको मोटरसाइकल ठोकिएर दुर्घटना हुँदा मोटरसाइकलमा सवार तीन जनाकै मृत्यु भएको प्रहरीले जनाएको छ । 

मृत्यु हुनेमा मोटरसाइकल चालक सिराहा कल्याणपुरका अन्दाजी २६ वर्षीय अमृत मण्डल, उनकी श्रीमती २४ वर्षीया अन्जु मण्डल र भतिजी ६ वर्षीया अंशु मण्डल रहेको जिल्ला प्रहरी कार्यालय महोत्तरीका प्रवक्ता डीएसपी दिलिप गिरिले जानकारी दिए ।