वित्तीय आतंकविरुद्ध शान्तिपूर्ण भद्र अवज्ञा आन्दोलनको रुपमा आमहड्ताल गर्ने

 काठमाडौँ - राष्ट्रवादी केन्द्र नेपालले वित्तीय आतंकविरुद्ध शान्तिपूर्ण भद्र अवज्ञा आन्दोलनको रुपमा आमहड्ताल गर्ने भएको छ ।

वर्तमान वित्तीय नीति परिवर्तन गरी कर्जाको ब्याजदर ६ प्रतिशत कायम गर्नुपर्नेलगायतका सम्बोधन गर्न सरकार तयार नभएकाले ११ वैशाखबाट आमहड्ताल गर्न लागेको राष्ट्रवादी केन्द्रका अध्यक्ष चन्द्रबहादुर थापाले जानकारी दिए ।