आज जसपाको कार्यकारिणी समितिको बैठक बस्दै

काठमाडौँ - जनता समाजवादी पार्टी नेपालको कार्यकारिणी समितिको बैठक बस्न गइरहेको छ । देशको समसायिक राजनीतिक अवस्था, राष्ट्रपति, उपराष्ट्रपतिको चुनाव, विधान अधिवेशन, विभिन्न पार्टीसँग भइरहेको एकीरण लगायतको विषयमा छलफल गर्न बैठक बोलाएको जसपाका प्रवक्ता मनिष सुमनले बताए ।

जसपाले उपराष्ट्रपतिमा दावी गर्दै आइरहेको छ । सत्ता गठबन्धनमा उपराष्ट्रपति माओवादी केन्द्रको भागमा परेकाले जसपाले उपराष्ट्रपतिले पाउने नपाउने टुंगो छैन । फागुन २५ मा राष्ट्रपति र चैत ३ मा उपराष्ट्रपतिको चुनाव हुँदैछ ।