शिवरात्रिका दिन अवाञ्छित गतिविधि गरेको आरोपमा पशुपति क्षेत्रबाट ९१ जना पक्राउ

काठमाण्डौँ - महाशिवरात्रिका दिन अवाञ्छित गतिविधि गरेको आरोपमा पशुपति क्षेत्रबाट ९१ जना पक्राउ परेका छन् । 

महाशिवरात्रिका दिन पाकेट पार्ने र मोबाइल चोरेर भाग्ने लगायतका अवाञ्छित क्रियाकलाप गर्ने १ महिला र ९० पुरुषलाई पशुपति क्षेत्रका विभिन्न स्थानबाट प्रहरीले पक्राउ गरेको हो । 

वरिष्ठ प्रहरी उपरीक्षक ओमबहादुर रानाका अनुसार पक्राउ परेकामाथि थप अनुसन्धान भइरहेको छ । पशुपतिनाथमा सुरक्षा चुस्त बनाउन ३४ सय प्रहरी खटाइएको उनले बताएका छन् ।