images

विवादमा स्केट बोर्ड पार्क निर्माण

 काठमाडौं । न्यु रोडमा फुटपाथ बनाउने विषयको विवाद सेलाउन नपाउदै काठमाडौँ महानगरपालिका र केन्द्रिय सरकार गृह मन्त्रालय अन्तर्गतको राष्ट्रिय विपद जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरण बिच विवाद सिर्जना हुने अवस्था आएको छ । काठमाडौँ महानगरपालिका हाल वडा नं. ३१ (साविकको वडा नं. १०) मा कित्ता नं. ३७३,१८,३७५,२८६,२८८, सिट नं. १०२-११८६-१०, १०२-११८७-०६ मा कुल १० रोपनी ८ आना सरकारी जग्गा भु माफियाले व्यक्तीको नाममा लागि सकेको अवस्थामा स्थानीय व्यक्तीहरुको पहलमा तत्कालीन भुमी व्यवस्था मन्त्री पद्मा अर्यालको पालोमा सरकारी कायम गरि मन्त्री परिषदबाट राष्ट्रिय  विपद जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणको नाममा कायम भएको थियो । प्राधिकरणले उक्त जग्गामा घेराबार समेत गरेको छ । विपद पुर्व तयारी तथा उद्दार तथा राहतको लागि आवश्यक स्वंयसेवक विकास केन्द्र, दमकल सहितको अन्य विपद पुर्वाधार तथा उपकरण सहितको बहुउद्देशिय केन्द्र निर्माण गर्ने लक्ष्य प्राधिकरणको रहेको छ । हाल बजेट अभावका कारण उक्त योजना कार्यान्वयनमा भने केही ढिलाइ भएको छ ।

प्राधिकरणका कार्यकारीका अनिल पोखरेलका अनुसार उक्त केन्द्र नेपालमै नमुना हुने, विपदको बेला आवश्यक स्वयमसेवक जनशक्ति उत्पादन तथा उद्धार र राहत सम्बधी सीप विकासको लागि मोडल हुने साथै घना बस्ती र बढ्दो प्राकृतिक विपत्तीको समयमा आवश्यक पुर्वाधार र पुर्व तयारीमा नि सहयोग पुग्ने छ । हालको विवादको विषयमा भने काठमाडौँ महानगरले प्राधिकरणको नाममा रहेको जग्गामा वडाले महानगर केन्द्रको बजेट मार्फत बृहत् स्केट पार्क निर्माण गर्ने गरि कार्य अगाडि बढाएको छ । वडा तह बाट पटक पटक उक्त जग्गामा आफू खुसी कार्य गर्न गरेको समेत पाइएको छ । केही महिना अघि समेत उक्त स्थानमा सशुल्क महोत्सब आयोजना गरिएको थियो । बोलपत्र कबोल समेत भै निर्माण व्यव्सायिले निर्माण कार्यको बोड राखे पछि प्राधिकरणले नि जग्गा धनी पुर्जा सहितको बोड राखेको छ । यस विषयमा बुझ्न खोज्दा एमाले बाट निर्वाचित वडा अध्यक्ष सरोज ढकाल संग कुनै सम्पर्क हुन सकेन ।

बिहीबार ३ साउन २०८१ १०:३३ AM मा प्रकाशित

प्रतिक्रिया