images

यस्तो छ आजको विदेशी मुद्रा विनिमय दर 

काठमाडौं । नेपाल राष्ट्र बैंकले मंग्लबारका लागि विदेशी मुद्राको विनिमय दर सार्वजनिकगरेको छ ।
राष्ट्र बैंकका अनुसार आज अमेरिकी डलर एकको खरिद दर १३३ रुपैयाँ ४० पैसा र बिक्री दर १३४ रुपैयाँ रहेको छ । डलर शनिबारदेखि नै यही मूल्यमा कारोबार भइरहेको छ । 
यस्तै,युरो एककोखरिद दर १४२ रुपैयाँ ९५ पैसा र बिक्री दर १४३ रुपैयाँ ५९ पैसा तोकिएको छ । सोमबार खरिद दर १४२ रुपैयाँ ७६ पैसा र बिक्री दर १४३ रुपैयाँ ४१ पैसा रहेको थियो । 
आज, बेलायती पाउण्ड एकको खरिद दर १६९ रुपैयाँ ३ पैसा र बिक्री दर १६९ रुपैयाँ ७९ पैसा रहेको छ । सोमबार खरिद दर १६९ रुपैयाँ २३ पैसा र बिक्री दर १६९ रुपैयाँ ९९ पैसा रहेको थियो । 
आज अस्ट्रेलियन डलर एकको खरिद दर ८८ रुपैयाँ ८ पैसा रहेको छ भने बिक्री दर ८८ रुपैयाँ ४७ पैसा रहेको छ । 
त्यस्तै, कतारी रियालको मूल्य एकको खरिद दर ३६ रुपैयाँ ५९ पैसा र बिक्री दर ३६ रुपैयाँ ७५ पैसा रहेको छ । 
 

मङ्गलबार ५ असार २०८१ ०५:४३ PM मा प्रकाशित

प्रतिक्रिया