५० बढी मिटरव्याजी विरुद्ध देउराली सहकारीका अध्यक्षको उजुरी

 काठमाण्डौ - सातदोबाटो ललितपुरमा केन्द्रिय कार्यालय रहेको देउराली बहुउदेश्यिय सहकारी संस्थाका अध्यक्ष रविन्द्र चौलागाइले आफुलाई आर्थिक शोषण गर्ने ५० भन्दा बढी मिटरब्याजी विरुद्ध सम्बिन्धीत सरकारी निकायमा उजुरी दिएका छन् । आफु समस्यामा परेका बेला विभिन्न व्यक्तिहरुले धाकधम्की दिइ् अनुचित लेनदेन (मिटरब्याज) असुली गरेपछि उनले उनीहरु विरुद्ध उजुरी दिएका हुन् । त्यसउपर कानुनी कार्वाही सुरु भइसकेको उनले बताएका छन् । 

    गत साल बैशाखदेखि समस्यामा परेको देउराली सहकारीका बचतकर्ताहरुको रकम घरजग्गामा फसेपछि उनीहरुको निक्षेप फिर्ता गर्ने दबाबमा विभिन्न ब्यक्तिहरुबाट उनले पैसा सापटी उठाएका थिए । तर उनीहरुले भने चर्को मिटरब्याजको पासोमा आफुलाई पारेको अध्यक्ष रविन्द्र चौलागाइले बताए । त्यसैगरी देउराली सहकारीबाट ठुलो मात्रामा ऋण लिएर नतिर्नेहरु विरुद्ध पनि कानुनी उपचारको प्रक्रिया अघि बढाएको उनले बताएका छन् । उनी भन्छन् ‘हाम्रो सहकारीले अब ५० करोड बचत फिर्ता गर्नुछ । यदी हामीले प्रवाह गरेको कर्जाको रकम सहज रुपमा फिर्ता हुने हो भने कसैका पनि पैसा भुक्तानी बाँकी रहने अवस्था हुदैन ।’ 
     निक्षेपकर्ताहरुले एकैपटक ठुलो रकम निकालेपछि चौलागाइले बचतकर्ताहरुको पैसा फिर्ता दिने क्रममा बैंकहरुबाट आफना नीजि कम्पनीका नाममा लिइएका कर्जा, बजारबाट उठाइएका पैसाले ठुलो रकम फिर्ता समेत गरेको बताएका छन् । अहिले सहकारीबाट कर्जा लगेकाहरुले कर्जा नर्तिन विभिन्न दलका नेता, उच्चपदस्थ र गुण्डाहरु समेत लगाएर उल्टै आफुलाई थर्काउने, धम्क्याउने काम थालेको उनले बताए । तर, आफु सबै बचतकर्ताको बचत फिर्ता गर्न बजारमा प्रवाह भएका कर्जा रकम उठाउने कुरामा कडा ढ्ङगले लाग्ने बताएका छन् । 

 

     भन्छन् सबै बचतकर्ताको बचत फिर्ता गर्नुनै पर्छ । त्यसका लागि सहकारीबाट ऋण खाएकाहरुले अनिवार्य ऋण तिरुन् । अन्यथा कानुनी कार्वाहीको लागि हामी लाग्ने छौ ।’ उनीहरुले कर्जा रकम फिर्ता गरे बचतकर्ताको रकम पनि फिर्ता गर्न सहज हुने चौलागाइले बताए । त्यसैगरी उनले आफुलाई सुरक्षामा चुनौती आएपछि जिल्ला प्रशासन कार्यालय ललितपुरबाट सुरक्षाको ब्यवस्था समेत माग गरेको बताएका छन् । उनी भन्छन् ‘कसैका पनि धाकधम्कीबाट डराइदैन । सरकारले मिटरब्याजी विरुद्ध मैले हालेका मुद्धाको छिटो छिनोफानो गरोस् । त्यसो हुँदा सर्बसाधारण जनताको बचत फिर्ता गर्नु पर्नेहरुलाई हामी छिटो नै सम्बोधन गर्न सक्छौ– उनले भने । त्यसमा सरकारको पनि सहयोग हुनुपर्ने उनले बताए । 

देउराली सहकारी तथा विभिन्न कम्पनीमा कार्यरत कर्मचारी, कर्जा लिने ब्यक्तिले अनुचित कारोबारमा डरधम्की देखाइ ठुलो रकम लैजाने मिटरब्याजीलाई हरहालतमा सरकारले कार्वाही गर्नुपर्ने उनले बताए । सहकारीबाट ऋण लगेकाहरुले आफुसँग पैसा हुँदाहुदै पनि नतिर्नेहरुलाई कानुनी कार्वाही अघि  बढाइएको र तत्काल नसक्नेहरुलाई केही समय दिइने उनले बताए । उजुरी जाहेरी भएकाहरु बेलैमा मिलापत्र गर्न आएमा, रकम फिर्ता गरेमा भने मिलापत्र गर्न सकिने उनले सुनाए । तर कानमा तेल हालेर बसेमा भने उनीहरुको नाम, ठेगााना सहित सार्वजनिक गरिने उनले बताए । देउरालीले हालसम्म ठुलो रकम फिर्ता गरिसकेको र बाँकी रहेकाहरुको पनि एकएक रुपयाँ रकम चुक्क्ता गर्न डटेर लागि परेको उनले बताए ।