images

डलरको भाउ स्थिर, यूरो र पाउण्डको मूल्य बढ्यो

काठमाडौं । नेपाल राष्ट्र बैंकलेबिहीबारकालागि विदेशी मुद्राको विनिमय दर तोकेको छ । 
जसअनुसार आज अमेरिकी डलरको भाउ बुधबारदेखि स्थिर छ ।राष्ट्र बैंकले आज पनि अमेरिकी डलर एकको खरिद दर १३३ रुपैयाँ ३६ पैसा र बिक्री दर १३३ रुपैयाँ ९६ पैसा तोकेको छ । 
त्यस्तै, यूरोएकको खरिद दर१४१ रुपैयाँ ९३पैसा र बिक्री दर १४२ रुपैयाँ ५७पैसा रहेको तोकिएको छ । बुधबार यूरोको खरिद दर १४१ रुपैयाँ ८२ पैसा र बिक्री दर १४२ रुपैयाँ ४५ पैसाका दरले कारोबार भएको थियो । 
यसैगरी, बेलायती पाउण्ड एकको खरिद दर १६६ रुपैयाँ १४ पैसा र बिक्री दर १६६ रुपैयाँ ८९ पैसा तोकिएको छ । बुधबार खरिद दर १६६ रुपैयाँ ०५पैसा र बिक्री दर १६६ रुपैयाँ ८०पैसाले कारोबार भएको थियो । 
आज कतारी रियाल एकको खरिद दर ३६ रुपैयाँ ५७ पैसा र बिक्री दर ३६ रुपैयाँ ७३ पैसा तोकिएको छ । बुधबार खरिद दर ३६ रुपैयाँ ५६पैसा र बिक्री दर ३६ रुपैयाँ ७३ पैसा रहेको राष्ट्र बैंकले जनाएको छ ।
 

बिहीबार ६ बैशाख २०८१ ०७:१८ AM मा प्रकाशित

प्रतिक्रिया