images

मधेश मुख्यमन्त्री यादवलाई तेस्रो पटक विश्वासको मत

काठमाडौं । मधेश प्रदेशका मुख्यमन्त्री सरोजकुमार यादवले तेस्रो पटक प्रदेश सभाबाट विश्वासको मत प्राप्त गरेका छन् ।
आइतबार बसेको प्रदेश सभाको बैठकबाट मुख्यमन्त्री यादवले विश्वासको मत प्राप्त गरेका हुन् । प्रदेश सभामा उपस्थित १०४ जना सदस्यमध्ये मुख्यमन्त्री यादवको पक्षमा ६९ मत र विपक्षमा ३५ जनाले मतदान गरेका छन् । जसपा संसदीय दलका नेता यादव सुरुमा एमालेको समर्थनमा मुख्यमन्त्री बनेका थिए । तर सत्ता गठबन्धन परिवर्तन भएपछि यादवले दोस्रो पटक विश्वासको मत लिएका थिए । सीके राउत नेतृत्वको जनमत पार्टीले सरकारलाई दिएको समर्थन फिर्ता लिएपछि यादवले आइतबार तेस्रो पटक विश्वासको मत लिएका हुन् ।  
 

आइतबार​ ५ फागुन २०८० ०७:१३ PM मा प्रकाशित

प्रतिक्रिया