एमाले प्रदेश कमिटीले गर्‍यो दुर्गा प्रसाईलाई कारबाही गर्न सिफारिस

 झापा - नेकपा एमाले प्रदेश १ कमिटीले पार्टीका केन्द्रीय सदस्य दुर्गा प्रसाईंलाई पार्टीबाट निष्काशन गर्न केन्द्रीय कमिटीलाई सिफारिस गरेको छ ।

एमाले प्रदेश कमिटी बैठकले मेडिकल व्यवसायीसमेत रहेका प्रसाईंले पार्टीको नीति, सिद्धान्तविपरीत गतिविधि गरेको भन्दै उनलाई पार्टीबाट निकालेर कारबाही गर्न केन्द्रीय कमिटीलाई सिफारिस गरेको हो ।

एमाले केन्द्रीय सदस्य प्रसाईंले यही फागुन १ गते पूर्वराजा ज्ञानेन्द्र शाह तथा उनका छोरा पारसलाई सहभागी गराई मेचीनगर–६ मा  ‘नागरिक बचाउ महाअभियान’को उद्घाटन गराएका थिए ।