टुँडिखेलमा सैनिक कला कौशल प्रदर्शन (तस्वीरहरू)

काठमाण्डौँ - नेपाली सेनाले २६०औं स्थापना दिवस आज विविध कार्यक्रमको आयोजना गरी मनाएको छ ।

यस अवसरमा नेपाली सेनाले सैनिक मञ्च टुँडिखेलमा विशेष समारोह आयोजना गरेको छ। समारोहमा नेपाली सेनाको टोलीले सैनिक कौशल प्रदर्शन गरेको छ ।

टुँडिखेलमा आयोजित समारोहमा राष्ट्रपति विद्यादेवी भण्डारी, उपराष्ट्रपति नन्दबहादुर पुन, प्रधानमन्त्री पुष्पकमल दाहाल लगायत सहभागी थिए।