images

टिकटक बन्द गर्ने सरकारको निर्णय बिरुद्ध सर्वोच्च अदालतमा मुद्दा दर्ता

टिकटक प्रतिबन्ध गर्ने सरकारकाे निर्णयविरुद्ध कानुन व्यवसायी रिट दर्ता गर्न सर्वोच्च अदालत पुगेका छन्। टिकटक प्रतिबन्ध गर्ने सरकारी निर्णय बदर गरिपाउँ भन्दै वरिष्ठ अधिवक्ता दिनेश त्रिपाठीले सर्वोच्च अदालतमा दर्ताका लागि रिट पेस गरेका हुन्। सरकारले कात्तिक २७ गते टिकटक प्रतिबन्ध गर्ने मन्त्रिपरिषदबाट निर्णय गरेको थियो। टिकटक प्रतिबन्ध गर्ने मन्त्रिपरिषदको निर्णय बदरका लागि रिट दिएको छु, दर्ताको प्रक्रियामा छ,’ त्रिपाठीले भने। सरकारले सामाजिक सञ्जाल ‘टिकटक’का कारण सामाजिक सदभाव बिथोलिने गतिविधि बढिरहेको निष्कर्ष निकाल्दै गत सोमबार नेपालभित्र ‘टिकटक’ बन्द गर्ने निर्णय गरेको थियाे। 

शुक्रबार​ १ मंसिर २०८० ११:५५ AM मा प्रकाशित

प्रतिक्रिया