काठमाडौँ - नेपाल राष्ट्र बैंकले बिहीबारका लागि विदेशी मुद्राको विनिमय दर तोकेको छ । जस अनुसार भारतीय रूपैयाँ एक सयको खरिद दर १६० रूपैयाँ रहेको छ भने बिक्री दर १६० रूपैयाँ १५ पैसा रहेको छ ।
नेपाल राष्ट्र बैंकका अनुसार आज अमेरिकन डलरको खरिद दर १३२ रूपैयाँ ४३ पैसा र बिक्री दर १३३ रूपैयाँ ०३ पैसा तथा युरो एकको खरिद दर १४४ रूपैयाँ ५९ पैसा र बिक्री दर १४५ रूपैयाँ २४ पैसा रहेको छ ।
बेलायती पाउण्ड एकको खरिद दर १६८ रूपैयाँ ७० पैसा र बिक्री दर १६९ रूपैयाँ ४६ पैसा कायम हुदाँ अस्ट्रेलियन डलर एकको खरिद दर ८५.५१ रुपैयाँ रहेको छ भने बिक्री दर ८६.९० रुपैयाँ तथा क्यानेडियन डलर एकको खरिददर ९८ रुपैयाँ १२ पैसा र बिक्रीदर ९८ रुपैयाँ ५६ पैसामा खरिदबिक्री गर्न सकिने छ ।
जापानिज येन १० को खरिदमा ९ रुपैयाँ ९ पैसा र बिक्रीदर ९ रुपैयाँ १३ पैसामा कारोबार हुदाँ दक्षिण कोरिया वन १०० को खरिदमा ९ रूपैयाँ ९ पैसा र बिक्रीदर ९ रूपैयाँ ९५ पैसा कायम गरिएको छ ।
यसैगरी, कतारी रियालको मूल्य एकको खरिद दर ३६ रूपैयाँ ३३ पैसा र बिक्री दर ३६ रूपैयाँ ५० पैसामा कारोबार गर्न सकिने जनाएको राष्ट्र बैंकले साउदी रियाल एकको खरिद दर ३५.३१ रुपैयाँ र बिक्री दर ३५.४७ रुपैयाँ तथा मलेसियन रिंगिट एकको खरिद दर २८.६१ रुपैयाँ रहेको छ भने बिक्री दर २८.७४ रुपैयाँ कायम भएको छ । साथै, कुवेती दिनार १ को खरिदमूल्य ४३०.३९ पैसा विक्रीदर ४३२.३४ पैसामा खरिदबिक्री गर्न सकिने जनाइएको छ ।