ललितपुरको इमाडोलमा बस दुर्घटना

काठमाण्डौँ - ललितपुरको इमाडोलमा बस दुर्घटना भएको छ । आज बिहान लामाटारबाट लगनखेलतर्फ आउँदै गरेको बा २ ख ८५८३ नम्बरको बस महालक्ष्मी नगरपालिका १ इमाडोल नजिक दुर्घटना भएको हो ।

दुर्घटनामा परेको उक्त बसमा २४ जना सवार रहेको प्रहरीले जनाएको छ । जसमध्ये घाइते भएका १८ जनालाई उद्धार गरी उपचारका लागि बी एन्ड बी  अस्पताल पुर्‍याइएको प्रहरीले जनाएको छ ।