काठमाडौं। युवातथाखेलकुदमन्त्रालयले अन्तर्राष्ट्रिय खेलकुदप्रतियोगितामापदकविजेता खेलाडीलाई नगद पुरस्कारसहित सम्मान गरेको छ ।
मन्त्रालयले आइतबार काठमाडौंमा कार्यक्रमआयोजनागर्दै विभिन्नप्रतियोगितामा सहभागीभइपदकजित्ने खेलाडीहरुलाई सम्मान गरेको हो ।
नगदसहित सम्मानितहुनेमा १९औं एसियाली खेलकुदमा रजतविजेता एरिका गुरूङ, १९औं एसियाली खेलकुदमाकाँस्यविजेता राष्ट्रिय महिला कबड्डी टिम,चौथो एसियालीपारा खेलकुदमाकाँस्यविजेतापलेशागोवर्धन र आइसीसी मेन्स टी–२० वल्र्डकपफाइनलएसियामा रजतविजेता राष्ट्रिय क्रिकेट टिमलाई सम्मानित गरेको हो ।
सम्मान समारोहमायुवातथा खेलकुदमन्त्रीविराजभक्तश्रेष्ठ, राष्ट्रिय खेलकुद परिषद्का सदस्यसचिव टंकलाल घिसिङ र नेपालक्रिकेट संघका सचिवपारस खड्का लगायतकोउपस्थितिथियो ।
समारोहमाक्यानका सचिव खड्काले नेपाल १० वर्षपछि विश्वकपमा सहभागीभएको उल्लेख गर्दै अब विश्वकपमा सहभागीहुनत्यति लामो अवधिकुर्नु नपर्नेगरि घरेलु संरचनाको निर्माणमा सरकारको ध्यानजानआवश्यक रहेको बताए । विश्वकपमा सहभागी खेलाडीहरुको प्रदर्शनबाट आउँदो पुस्ता समेत प्रेरित हुने भनाइउनले राखे ।
उनले भने,‘नेपालले विश्वकप खेल्दैगर्दा जुनमायाहामीले देश र विदेशबाट पाइरहेका छौं, यसबाट अबको पुस्ता समेत प्रेरित हुनेछ । नेपालविश्वकप खेल्नकालागि१०वर्ष कुर्नुपर्यो । हामीआशा गरौं कि अब विश्वकपमाहामी सहभागीहुनको लागि१०वर्ष कुर्नेछैनौं । त्यसकालागि घरेलु संरचना खेलकुदको विकासकालागि महत्वपूर्ण पक्षहो । यसको विकासकालागिहामीले हातेमालो गर्दै अगाडि बढ्न आवश्यक छ । यसकालागि खेलकुदमन्त्रालय, राष्ट्रिय खेलकुद परिषद् र सम्बन्धित सबै निकायको ध्यानजानआवश्यक छ ।’
प्रतिक्रिया