सार्वजनिक यातायातको भाडा घट्यो (सूचीसहित)

 काठमाडौँ - यातायात व्यवस्था विभागले सार्वजनिक यातायातको भाडा घटाएको छ । डिजेल र मट्टीतेलमा प्रतिलिटर १० रुपियाँले मूल्य घटेलगत्तै विभागले यात्रुबाहक र मालबाहक गाडीको नयाँ भाडादर सार्वजनिक गरेको हो ।

विभागले घटेको मूल्य आज बुधबारदेखिनै लागू भएको जानएको छ । विभागका अनुसार यात्रुबहाक सवारी साधनमा ३.२० प्रतिशत, पहाडी बाटोमा सञ्चालन हुने मालबहाक गाडीमा ४.१९ प्रतिशत र तराईको बाटोमा सञ्चालन हुने मालबहाक गाडीमा ४.६५ प्रशितले भाडा घटेको छ ।

यसैगरी अन्तर प्रदेशको भाडा केन्द्र सरकारबाट र अन्तरपालिकाको भाडा प्रदेश सरकारबाट निर्धारण हुन्छ ।