images

कांग्रेस सभामुखप्रति रुष्ट, समिति गठनको अडान कायमै

काठमाडौं । प्रमुखप्रतिपक्षीदल नेपालीकांग्रेसले उपप्रधानएवमगृहमन्त्री रवि लामिछानेमाथि संसदीय छानबिन समिति गठनको मागमा अडिग रहने पुनःनिर्णय गरेको छ । 
शुक्रबार बिहानबसेको कांग्रेस संसदीय दल बैठकले बिहीबारको संसद बैठकमा सभामुखको भूमिका तटस्थ र निष्पक्ष नरहेको ठहर गरेको छ । 
कांग्रेसप्रमुख सचेतक रमेश लेखले बैठकपछि बोल्दैसहकारीको रकमअपचलनमागृहमन्त्रीएवं रास्वपा सभापतिलामिछाने संलग्न रहेको पर्याप्त प्रमाण सार्वजनिकभएकोले उनीमाथि छानबिनको मागपुन जोडदार रुपमा राखिएको बताए।
लेखकले भनेका छन्, ‘संसदीय समिति गठन गर्नुपर्ने तथ्यनिर्विवाद रुपले पुष्टी हुँदै आएको छ । कांग्रेस संसदीयदलको यो बैठक संसदीय छानविन समिति गठन गर्न पुनः जोडदार मागगर्दछ ।’
आजको बैठकले सरकार नै सहकारी ठगीमा लागेकालाई बचाउनलागिपरेको ठहर समेत गरेको लेखकले जानकारी दिए । 
‘प्रतिनिधि सभाको बैठक सञ्चालनको विषयलाई हामीगम्भीरतापूर्वक हेरिरहेका छौं । विपक्षी दल उभियो भने मात्रै पनि संसद अवरोध मानिन्छ। वेलमा नारा लगाउँदा र अन्य सबै विपक्षी दल उभिएर विरोध जनाउँदा समेत बैठक सञ्चालन गर्ने कार्य उचितनभएको यो बैठक ठहर गर्दछ । संसदीयमान्यतामासभामुखको भूमिका तटस्थ हुनु पर्दछ,’ कांग्रेस बैठकले निष्कर्ष निकालेको छ । 
लेखकले भने सभामुखले सभामातटस्थ हुननसकेको बताएका छन् । ‘सम्माननीय सभामुखको पद तटस्थता र निस्पक्षताको पद हो। तर, त्यस्तो भूमिका उहाँबाट भएन। हामीले सभामुखलाई तटस्थता र निस्पक्षताकायम राख्नआग्रह गरेका छौं ।’
संसदीयदलको बैठकले गरेका निर्णयहरु
ज्ञ।    लाखौं नेपालीनागरिकले सहकारी संस्थामावचत गरेको अरबौं रकमहिनामिना, अपचलन, दुरुपयोग र ठगी भएको र यस्ता अपराधजन्यकार्यमा नेपाल सरकारका उपप्रधानतथा गृह मन्त्रीमाननीय रवि लामिछाने संलग्नरहेको विषय निरन्तर उठिरहेको छ । सहकारीकावचतकर्ताहरुले राखेको रकमको सुरक्षाको ग्यारेण्टी गर्न, वचतहिनामिनाभई पिडित भएकावचतकर्ताहरुको रकमफिर्ता गर्न र हिनामिना, ठगीमा संलग्नमाथि छानविन गरी कारवाही गर्ने सुनश्चितताको लागि संसदीय छानविन समिति गठन गर्नुपर्ने विषय नेपालीकांग्रेस सहित संघीय संसदमा धेरै दलहरुले उठाई रहेका छन् । यो विषय सम्पूर्ण नेपालीजनताको चासो र सरोकारको विषयभई संसद बाहिर पनिगम्भीर रुपले उठिरहेको छ । संसदीय समिति गठन गर्नुपर्ने तथ्यनिर्विवाद रुपले पुष्टी हुँदै आएको छ । नेपालीकांग्रेस संसदीयदलको यो बैठक संसदीय छानविन समिति गठन गर्न पुनः जोडदार मागगर्दछ । 
द्द।    नेपाल सरकार सहकारी ठगीबाट पिडित भएकानागरिक प्रति गैरजिम्मेवार र संवेदनहिनहुँदै सहकारीका ठग बचाउने कार्यमा लागेको यो बैठक ठहर गर्दछ । सरकार र सत्तापक्षलाई जनहितविरोधी यस्ता कार्यमा नलाग्न चेतावनीदिन चाहन्छ । 
घ।    प्रतिनिधि सभाको बैठक सञ्चालनको विषयलाई हामीगम्भीरतापूर्वक हेरिरहेका छौं । संसदीयइतिहास र परम्परामाविपक्षीदलले सभामाउभिएर विरोध जनाउँदापनि बैठक अबरुद्ध भएको मानिन्छ । सम्माननीय सभामुखले प्रमुखविपक्षी दल वेलमा नारा लगाउँदा र अन्य सबै विपक्षी दल उभिएर विरोध जनाउँदा समेत वैठक सञ्चालन गर्ने कार्य उचितनभएको यो बैठक ठहर गर्दछ । संसदीयमान्यतामा सभामुखको भूमिका तटस्थ हुनु पर्दछ । तटस्थताको लागि सभामुखले आफू निर्वाचितभएको दलसँगका सबै सम्बन्ध र पद समेत स्थगित गर्ने परम्परा रहीआएको छ । सभामुख सिंगो सदनको सभामुखहुनु पर्दछ । तसर्थ नेपालीकांग्रेस संसदीयदलको यो बैठक सम्माननीय सभामुखलाई सभामानिष्पक्ष र तटस्थ भूमिकानिर्वाह गरी संसदीयमूल्य, मान्यता, परम्परा र इतिहासलाई कायम राख्न अनुरोध गर्दछ ।

शुक्रबार​ ३ जेठ २०८१ ०३:१९ PM मा प्रकाशित

प्रतिक्रिया