मुम्बई। रियालिटी शो ‘बिगबोस १५’बाट नजिकिएकाअभिनेत्री तेजस्वीप्रकाश र अभिनेता करण कुन्द्रा टेलिभिजनउद्योगमा रुचाइएका जोडीमा पर्छन् ।
समय समयमाउनीहरुको ब्रेकअपभएको खबर आइरहन्छ । त्यसलाई उनका फ्यानहरुले खासै गम्भीर रुपमालिँदैनन् । तर यसपटक भने उनीहरुको ब्रेकअपको खबरले निकै चर्चा पाएको छ ।
हालैमात्र करणको ट्वीटरमा एक भिडियो पोस्ट भएको छ । जहाँ तेजस्वी र करणको ब्रेकअपहुने कारण बताइएको छ । ‘प्रोडक्सनहाउसको निकट एक कर्मचारीकाअनुसार तेजस्वी र करणबीच निकै तनाव छ । उनीहरुबीच ब्रेकअपहुने धेरै कारण छन् । करण र तेजस्वीको व्यक्तित्वमा धेरै समस्या छ । उनीहरु एकअर्काप्रति असुरक्षितमहशुस गरिरहेका छन् । करण महिला साथीहरुसँग नजिकिएको तेजस्वीमनपराउदिनन् । दुवैको फ्यानफलोइङ धेरै छन् । त्यसकारण उनीहरु आफूहरुको ब्रेकअपको बारेमा केहीबताउनचाहिरहेका छैनन् । उनीहरु आफूहरु ट्रोलिङमानपर्न र कैयौं व्यावसायिक सम्झौता नटुटोस् भनेर ब्रेकअपको खबर लुकाइरहेका छन्’, भिडियोको क्याप्सनमा लेखिएको छ ।
करण र तेजस्वीको ब्रेकअपको खबर सार्वजनिक भएपछि फ्यानहरुले आ–आफ्नो प्रतिक्रियादिइरहेका छन् । ‘यो चिनियाँमाल जस्तै हो, चल्नै सक्दैन’, एक प्रयोगकर्ताले लेखेका छन् । अर्काले तेजस्वीले करण भन्दाअझ राम्रो प्रेमी पाउने लेखेका छन् ।
प्रतिक्रिया