जेठ २, काठमाण्डौँ । सामान्य ज्वरोको बिरामीलाई डेट एक्सपाएर औषधि चढाउँदा मृत्यु भएको भन्दै हिजो सोमबार दिनभर तनावग्रस्त बसुन्धाराको ग्रिनसिटी अस्पतालमा आज पनि बिहानैदेखि प्रदर्शन भइरहेको छ ।
ज्वरो आएका बिरामी गोरखा बारपाक सुलिकोट ४ का ६१ वर्षीय लोकनाथ भट्टको सोमबार दिउँसो २ बजे मृत्यु भएपछि अस्पतालमा तनाव भएको हो । अस्पताल परिसर र औषधि पसलमा तोडफोड भएको छ ।