images

डा.कोइरालासँग किरात धर्म गुरुलेभने ः गिरिजाप्रसादपछि देशले अभिभावकपाएन

इलाम ।नेपालीकांग्रेसका नेता डा.शेखर कोइराला किरात धर्म गुरु आत्मनन्द लिङ्देनसँगआशीर्वादलिनउनको आश्रममापुगेका छन् । उपनिर्वाचनको प्रचारका लागिकेहीदिनदेखि इलाम २ मा रहेका डा.कोइरालाले मंगलबार इलाम २ मै रहेको इलाम माङ्सेबुङ गाउँपालिकाको लारुम्बामा रहेको लिङ्देनको आश्रम पुगेर उनलाई भेटेका हुन् । भेटमा धर्मगुरु लिङ्देनले देशको अवस्था राम्रो नभएको, जनताले सास्तीभोगिरहनु परेको र धर्म संस्कृतिको क्षेत्रमासमेत प्रहार हुनथालेको गुनासो गरे । लिङ्देनले पूर्व प्रधानमन्त्री स्वर्गीय गिरिजाप्रसाद कोइरालातीन पटक आफूलाई भेट्न आएको स्मरण गर्दै शेखर कोइरालालाई भने, ‘गिरिजाप्रसाद पछि देशले जिम्मेवार अभिभावकपाएन । माओवादीद्वन्द्व समाधान गर्न तपाईले निकै राम्रो भूमिका खेल्नुभयो । अब एकपटक देशको बागडोर सम्हालेर जनताको अभिभावकबनिदिनुस्, म तपाईंको साथमा छु ।’ जवाफमा नेताकोइरालाले आफू यतिबेला सबैभन्दामाथि देश र जनता छन् भन्ने अभियानबोकेर हिँडेको बताए । कोइरालाले सबै जातजातिको धर्म संस्कृतिबचाउने कुरामाआफू अडिग रहेको र त्यसकालागि गुरु लिङ्देनको आशीर्वाद लिनआएको बताए । कोइरालाले अहिलेको बेथिति हटाएर देशलाई निकास दिन सक्छु भन्ने कुरामाविश्वस्त रहेको धारणा राखे । यसअघि हिजो कोइरालाले इलाम २ का नेताहरुसँग छलफल गरेका थिए । उनले कांग्रेसी नेताहरुलाई उपनिर्वाचनमाकांग्रेस जसरी पनिविजयीहुनुपर्ने बताएकाथिए । उनले कांग्रेस कमजोर छैन र एक्लै निर्वाचन लड्न सक्षम छ भन्ने सन्देश दिनपनिइलाम–२ को उपनिर्वाचन जसरी पनिकांग्रेसले जित्नै पर्ने बताए ।
 

मङ्गलबार ४ बैशाख २०८१ ०७:०६ PM मा प्रकाशित

प्रतिक्रिया