नक्कली नोट र लागूऔषधसहित दुई जना पक्राउ

काठमाडौं - झापाको बिर्तामोडमा लागूऔषध र नक्कली नोटसहित प्रहरीले दुई जनालाई पक्राउ गरेको छ ।

 
बिर्तामोड नगरपालिका-४ मेघाबारीका २४ वर्षीय सुवास ताजपुरीया र उनकै भाई १९ वर्षीय प्रविण ताजपुरीया घरबाटै समातिएका छन् र उनीहरुलाई  विशेष सूचनाको आधारमा प्रहरी चौकी विर्तामोड बजारमा खटिएको प्रहरी टोलीले उनीहरुको घरमा छानबिन गर्दा उनीहरु लागूऔषध र विभिन्न देशका नक्कली नोटसहित फेला परेका हुन्।


प्रहरीले उनीहरुको साथबाट ४ ग्राम ३ सय ९० मिलिग्राम खैरो हिरोइन, २८ ट्याव्लेट नाईट्रजेपाम, नेपाली हजारका ८८ थान र पाँच सयका २ थान नक्कली नोट, ४ थान मोबाइल तथा अन्य देशको ११ थानभन्दा बढी नक्कली नोट बरामद गरेको छ ।


 त्यस्तै, मे.५ प ९७९७ नम्बरको मोटरसाइकल र ३ हजार रुपैयाँ समेत उनीहरुको साथबाट फेला परेको प्रहरीले बताएको छ । पक्राउ परेका उनीहरुमाथि थप अनुसन्धान भइरहेको प्रहरीले जानकारी दिएका छन् ।