images

पेट्रोल प्रतिलिटर ३ रुपैयाँ घट्यो  

काठमाडौं । नेपालआयलनिगमले पेट्रोल, डिजल र मट्टीतेलको मूल्य घटाएको छ ।
इन्डियन आयकर्पोरेसनबाट प्राप्तनयाँखरिदमूल्यअनुसार शनिबार बसेको निगम सञ्चालक समितिको बैठकले आइतबार बिहान १ बजेदेखि लागुहुनेगरी पेट्रोलमा प्रतिलिटर ३ रुपैयाँ र डिजल तथामट्टीतेलमा प्रतिलिटर एक रुपैयाँ घटाएको हो । 
मूल्यघटेपछि काठमाडौं, पोखरा र दिपायल वरपर पेट्रोलको मूल्य प्रतिलिटर १६५ कायमभएको छ ।
त्यस्तै डिजल र मट्टीतेलमा काठमाडौं, पोखरा र दिपायल वरपर प्रतिलिटर १५२, सुर्खेत र दाङ वरपर १५१ र चारआली, विराटनगर, जनकपुर, अमलेखगञ्ज, भलबारी, नेपालगञ्ज, धनगढी र वीरगञ्ज वरपर १४९ रुपैयाँकायमभएको छ ।

शनिबार २ असार २०८१ ०९:५० PM मा प्रकाशित

प्रतिक्रिया