दाङको तुलसीपुरमा आगोमा जलेर एक जनाको मृत्यु 

दाङ - दाङको तुलसीपुरमा आगोको जलेर एक जनाको ज्यान गएको छ ।

तुलसीपुर उपमहानगरपालिका–३ साततलेका ५८ वर्षीय बलिराज ऐरीको आगोले जलेर ज्यान गएको इलाका प्रहरी कार्यालय तुलसीपुरले जनाएको छ ।

घटनास्थलमा रक्सी बनाउन प्रयोग गरिने भाँडाकुँडा र जाँड भेटिएकाले ऐरीको रक्सी पार्ने क्रममा आगोमा परेर ज्यान गएको हुन सक्ने प्रहरीको अनुमान छ ।