भैरहवाबाट मलेसिया र नयाँदिल्लीमा उडान भर्ने तयारी

काठमाडौँ - नेपाल वायूसेवा निगमले अगामी मेको अन्तिम हप्ताबाट गौतम्बुद्ध बिमानस्थलबाट मलेसियाको क्वालालम्पुर र भारतको दिल्ली उडान शुरु गर्ने तयरी गरेको छ ।

निगमले भारतको राजधानी दिल्ली र पुर्बी एसियाली देश मलेसियामा हप्ताको एकरएक उडान गर्ने गरी तयारी वायुसेवा निगमले गरेपछि यहाँ पर्यटन व्यवसायी उत्साही भएका छन् ।

आवश्यक उडान अनुमती, जनशक्ति, प्राविधिक तयारी, बजारीकरण लगायत कार्यलाई तीव्रता दिइएको निगमका प्रवक्ता रमेश पौडलले बताए ।